११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अमेरिका पठाइने



अ+ अ-

एजेन्सी । भारतको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानबाट बरामद गरिएको ब्ल्याक बक्स अमेरिका पठाइने भएको छ ।

यसलाई विश्लेषणको लागि अमेरिका पठाउन लागिएको हो । यस दुर्घटनामा एयर इन्डियाको बोइङ ७८७ विमान दुर्घटनाग्रस्त भएको थियो, जसमा विमानमा सवार २४१ जना र होस्टेलमा ३३ जनाको मृत्यु भएको थियो ।

अंग्रेजी पत्रिका ईटीका अनुसार दुर्घटनापछि लागेको आगलागीका कारण रेकर्डरमा ठूलो क्षति पुगेको छ। त्यसैले भारतमा यसको डाटा निकाल्न असम्भव भएको छ र यसलाई अमेरिका पठाउनुपर्ने हुन सक्छ ।

भारतीय अधिकारीहरूले एयर इन्डियाको बोइङ ड्रीमलाइनर विमान दुर्घटनाको अनुसन्धान गरिरहेका छन्, जसमा २४१ जना सवार र ३३ जना जमिनमा मारिएका थिए । यसलाई एक दशक यता विश्वको सबैभन्दा भयानक विमान दुर्घटना मानिन्छ ।

अहमदाबाद विमान दुर्घटनामा ११ ए सिटमा बसेका यात्रु जस्तै, मेडिकल कलेज मेसमा दोस्रो वर्षका विद्यार्थी रितेश कुमार पनि चमत्कारिक रूपमा बाँचे । छाना भत्किएपछि विमानको भग्नावशेषको बीचमा ढाल जस्तै आएको टेबलले उनको ज्यान बचायो ।

बिहारको बेगुसरायको मेहदशाहपुरका बासिन्दा रितेश हाल गहिरो आघातमा छन् र अहमदाबादको एक अस्पतालको आईसीयूमा भर्ना छन् । दुर्घटना भएको लगभग पाँच घण्टा पछि, उनले आफ्नी आमा सुनैना देवीलाई फोनमा त्यो भयानक दृश्यको बारेमा बताए ।

रितेशले भने कि उनी आफ्ना साथीहरूसँग खाना खान कलेजको मेसमा गएका थिए । ‘सबैले हाँसो र ठट्टाको बीचमा खानाको पहिलो गास खाइरहेका थियौं, त्यतिकैमा ठूलो आवाज आयो र विमानको भग्नावशेष खस्न थाल्यो । विमानमा राखिएका ट्रलीहरू ममाथि खस्न थाले । म यति अलमल्लमा परें कि मैले केही बुझ्न सकिनँ ।अचानक एउटा टेबल ममाथि खस्यो । यसले मेरो ज्यान बचायो ।’ उनले भने ।