१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन, सबै एकजुट बनौँः प्रमुख सचेतक शाही

भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन, सबै एकजुट बनौँः प्रमुख सचेतक शाही
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरु एकजुट भएर अघि बढ्न अपिल गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विषेशको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको हो ।

उहाँले उक्त प्रकरणमा अहिलेका गहमन्त्री रमेश लेखकको मात्र नभई २०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानविन हुनुपर्ने बताउनु भयो । उहाँले लाखौँ नेपालीहरु विदेशमा भिजिट भिसाको नाममा बेचिएर अलपत्र परेको उल्लेख गर्दै तत्काल संसदीय छानविन समिति गठन गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । हामी सबैको साझा मुद्दा हो । आजको एकजना गृहमन्त्रीको कुरा होइन, २०६४ सालदेखिका १४ वटा गृहमन्त्रीको मुद्दा हो । राप्रपाको तर्फबाट सबै दलहरुलाई अपिल छ –हामी एक ठाउँमा आएर मानव बेचबिखनविरुद्ध एकजुट बनौँ । यो कुनै व्यक्ति वा दलको मात्र मुद्दा होइन । आज लाखौँ मान्छेहरु बेचिएर अलपत्र परेका छन् । जबसम्म यो भिजिट भिसा प्रकरणमा छानविन समिति बन्दैन तबसम्म आन्दोलन जारी रहन्छ ।’

उहाँले अवरोधका बीच संसद नचलाउन समेत सभामुखसँग आग्रह गर्नुभयो । अवरोधका बीच संसदको कारबाही अगाडि बढाए आजपनि बैठक बहिस्कार गर्ने उहाँको भनाइ छ ।