१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा रहेका केही नेपाली स्वदेश फर्कन इच्छुक



फोटो : बीबीसी
अ+ अ-

काठमाडौं । इरानसँग युद्ध चर्किएपछि इजरायलमा रहेका केही नेपालीले स्वदेश फर्कने इच्छा व्यक्त गरेका छन् । इजरायलस्थित नेपाली दूतावासले केही नेपाली स्वदेश फर्कन इच्छुक रहेको बताएको छ ।

बुधबार साँझ भर्चुअल माध्यमबाट आयोजित अन्तक्र्रियामा इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले नेपालीलाई सेल्टरमा बस्न र सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्न सुझाव दिए । उनले भने “अहिलेसम्म कसैले तत्काल उद्धारको लागि औपचारिक अनुरोध गरेका छैनन् । तर, विराटनगरका मेयर र एक नेपाली चिकित्सकको लागि आवश्यक प्रक्रियागत काम सुरु गरिएको छ ।” साथै, केही अन्डकुमेन्टेड नेपालीले फर्कन चाहेको जानकारी पनि आएको उनले बताए ।

राजदूत पण्डितका अनुसार नेपाल फर्किन चाहने नेपालीहरूका लागि परराष्ट्र मन्त्रालयले खुला गरेको फारम भराउन दूतावासले आग्रह गरिरहेको छ, ताकि उद्धार प्रक्रिया सहज बनोस् ।

कार्यक्रममा एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलको अवस्था अति संवेदनशील भएको उल्लेख गर्दै भने, “अहिलेको अवस्था विगतका युद्धहरूको तुलनामा झन् संवेदनशील छ, तर सरकारले निर्धारण गरेको सुरक्षा मापदण्ड पालन गर्दा असुरक्षा केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ।” उनले सामाजिक सञ्जालमा नकारात्मक गतिविधि तथा सामग्री नगर्न समेत आग्रह गरे ।

त्यसैगरी, एनआरएनए इजरायलका महासचिव अलि मोहम्मद मियाँले पनि इजरायली सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्न सुझाव दिए । उनले हाल गाडी, पसल लगायतका सेवा सुचारु भए पनि युद्धको अनिश्चितताबीच सतर्कता अत्यावश्यक रहेको बताए ।

अन्तरक्रियामा सहभागी इजरायलस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूले अहिले नै नेपाल फर्किने सोच नरहेको जनाएका थिए । कार्यक्रमका क्रममा एनआरएनएका केन्द्रीय महासचिव गौरीराज जोशी, उपाध्यक्ष रोजिना प्रधान राई, प्रवक्ता फणिन्द्र पन्तलगायत पदाधिकारीहरूले सुरक्षित रहन आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतका अनुसार इजरायलस्थित नेपालीहरूको जानकारी र सहायताका लागि विहिवार देखि संघको सचिवालयमार्फत हटलाइन सेवा सञ्चालनको तयारी भइरहेको छ ।