३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्बिर सुन्दर र शिक्षाप्रद हुन्छन् :पाकिस्तानी राजदूत हाश्मी



अ+ अ-

काठमाडौँ:  नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले राष्ट्रिय समाचार समिति (रासस)मा प्रदर्शनीमा राखिएका तस्बिर सुन्दर र शिक्षाप्रद भएको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकनपछि आज उहाँले तस्बिर प्रदर्शनीमा अन्वेषण गर्न योग्य विषय रहेको उल्लेख गर्नुभयो ।

राजदूत हाश्मीले भन्नुभयो, “हिमालहरूमा नपुगिकनै पनि, मैले राससका रिपोर्टर र फोटोग्राफरहरूको लेन्समार्फत ती दृश्यहरू हेर्न पाएँ । तस्बिरलाई यस प्रदर्शनीसम्म ल्याउनु भएकामा धेरै–धेरै धन्यवाद ।” उहाँले रासस व्यवस्थापक पक्षसँग तस्बिरलाई पुस्तकको रूप दिन सुझाव दिनुभयो ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्वतीय पर्यटन विकासको सम्भावना उजागर गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे अन्तरराष्ट्रिय जगत्मा सन्देश फैलाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

गत जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।रासस