१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी विद्यालयमा शुल्क विवादः वार्ताको तयारीमा मन्त्रालय



अ+ अ-

निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनले सबै अभिावकसँग शैक्षिकसत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिकसत्रमा सक्दो सहयोग गर्न आग्रह गरेपछि उत्पन्न विवाद समाधान गर्न शिक्षा मन्त्रालयल वार्ताको तयारी गरेको छ । सरकारले करिब १० हजार निजी विद्यालयको विषयमा तत्काल सम्बोधन नगरे आन्दोलनमा जानेसम्मको तयारी गरेपछि मन्त्रालयले वार्ता गर्ने तयारी गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले वार्ता गर्ने विषयमा छलफल भइरहेको बताए । उनले भने– ‘केही दिनमै वार्ता गरेर समस्या समाधान गर्नेछौं ।’ उनले सबै सरोकारवालासँग वार्ता गरी समस्या समाधान गर्ने तयारी भइरहेको बताए । करिब दुई दर्जन ठूला विद्यालयले असारसम्मको शुल्क तिर्न दबाब दिँदै बिल पठाएपछि सरकारले तत्कालको अवस्थामा शुल्क नलिन आग्रह गरेको थियो । खुमलटारको युलेन्स स्कुलले त असारसम्मको बिल पठाएर रकम तिर्न अभिभावकलाई दबाब दिएको थियो ।

निजी विद्यालयका केही अधिकारीले ठूला विद्यालयका कारण सबै निजी विद्यालयको बदनाम हुन खोजेको बताउने गरेका छन् । तिनै ठूला विद्यालयले नयाँ भर्ना सकेका छन् । अभिभावकसँग शुल्क असुल्न खोजेको आरोप लगाउँदै यस्तो समस्या बढेपछि सरकार आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु र नेविसंघले शुुल्क नलिन चेतावनी दिइसकेका छन् । ठूला विद्यालले शुल्क उठाउँदा चुप लाग्ने विद्यार्थी संगठनले हरेक वर्ष भर्नाको विषयमा आन्दोलन गर्ने गरेका थिए । शैक्षिक गुणस्तर सुधार्ने विषयमा वास्ता नगर्ने विद्यार्थी संगठनले साना विद्यालय टिकाउने विषयमा कुनै वास्ता नगरेको प्याब्सन र एन प्याब्सनको आरोप छ । यस्तै विवादका बीच दुई संगठनले लामो समयदेखि बाँकी रहेको शुल्क तिर्न र नयाँ शैक्षिकसत्रको केही शुल्क माग गर्दा सरकार र निजी विद्यालयबीच समस्या बढेको हो । स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने मावि तहको विद्यालय शिक्षाको विषयमा स्थानीय तह चुप लागेका छन् ।

प्याब्सन र एन प्याब्सनले शिक्षक कर्मचारीको तलब र घरभाडा, बैंक वित्तीय संस्थाको ऋण तिर्न चरम आर्थिक समस्या पर्न थालेको जानकारी गराउँदै अभिभावकलाई सहयोग गर्न अपिल गरेका थिए । अभिभावकले शुल्क तिर्ने तयारी गरिरहेको अवस्थामा सरकार र निजी विद्यालयको संस्थाबीच विवाद बढेको थियो । प्याब्सन अध्यक्ष टीकाराम पुरीले सरकारसँग वार्ता गरेर समस्या समाधान गर्ने बताए । उनले भने– ‘वार्ता गर्दा पनि समस्या समाधान नभए थप रणनीति बनाएर अघि बढाउनेछौं ।’ अधिकांश निजी विद्यालय सञ्चालकले सरकारले चर्को दबाब दिए विद्यालय नै बन्द गर्नेसम्मको चेतावनी दिएका छन् । प्याब्सनले गएको तीन दिन यता शिक्षा मन्त्रालयसँग पटकपटक अनौपचारिक छलफल गरिसकेको छ । प्याब्सन अध्यक्ष पुरीले सरकारले कुनै सहुलियत नदिएको समयमा अघिल्लो शैक्षिकसत्रको बक्यौता शुुल्क माग गर्दा समेत विरोध गर्नु गलत भएको बताउनुभयो । साना विद्यालयका अधिकांश अभिभावकले शैक्षिकसत्रको अन्त्यमा लब्धांकपत्रसँगै शुल्क तिर्ने गरेका छन् ।

त्यस्तो अवस्थामा सञ्चालन भएका विद्यालय करिब ७० प्रतिशत हाराहारीमा रहेको निजी प्याब्सन र एन प्याब्सनको भनाइ छ । ‘लामो समयदेखि शुल्क नतिर्ने अभिभावकसँग रकम माग्नु हाम्रो गल्ती हो र ?’ –एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भने। उनले सक्ने अभिभावकलाई विद्यालय सञ्चालन गर्न केही रकम माग गर्दा विरोध गर्न सरकारको गलत नियत भएको आरोप लगाए । ‘पछिल्लो समय देखिएको समस्या समाधान गर्न शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको विकल्प छैन’ –प्याब्सन अध्यक्ष पुरीले भने । उनले वार्ताबाट समस्या समाधान नभए वा सरकारले पुरानो शुल्क नउठाऊ र सक्ने अभिभावकले शुल्क दिन खोजे नदिनु भन्ने निर्देशन दिन थाले सबै विद्यालय सरकारलाई जिम्मा दिनुको विकल्प नभएको स्पष्ट पारे ।

यता संस्थागत विद्यालय शिक्षक युनियन इस्टुले असारसम्मको तलब माग गरिसकेका छन् । उनीहरुले १३ महिनाको शुल्क माग गरेका छन् । अभिभावक महासंघकका अध्यक्ष धर्मदत्त देवकोटाले रकम तिर्न सक्ने अभिभावकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएको बताउँदै यस्तो संकटको अवस्थामा आर्थिक सहयोग गर्नुपर्ने बताए । बढी रकम माग गरेको विषयमा तत्काल छानविन गर्नु आवश्य रहेको उनको भनाइ थियो । विद्यालय सञ्चालक र सरकारबीच समस्या भए महासंघसहित सबै सरोकारवाला निकाय बसेर समस्या समाधान गर्नुको विकल्प नभएको उनको भनाइ थियो । प्याब्सन र एन प्याब्सनअन्तर्गत करिब २ लाख शिक्षक कर्मचारी कार्यरत छन् । सरकारी भनाइअनुसार निजी विद्यालयले करिब ३० प्रतिशत क्षेत्र ओगटेको छ । नेपाल समाचारपत्र दैनिक