२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहारा घरलाई घोडाघोडी नपाको सहयोग



अ+ अ-

कैलाली । मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिका –२ स्थित सहारा घरलाई  घोडाघोडी नगरपालिकाले सहयोग गरेको छ । 

नगरपालिकाले शनिबार रु ६५ हजारसहित तीन क्विन्टल चामल, ६० किलो दाल, २० किलो नुन, एक बाकस तेल र एक बाकसअण्डा सहयोग गरेको हो ।
नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले  विभिन्न कारणले मानसिक सन्तुलन गुमाएर सडकमा भौँतारिरहेकाहरुलाई सहारा दिएर घर एक उदाहरणीय पात्र बनेको बताउनुभयो । 

सहारा घरका सञ्चालक बलबहादुर विष्टले घरमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषभि, खानेपानीलगायत विभिन्न समस्या रहेको बारे अवगत गराउँदै स्वास्थ्यकर्मीको व्यवस्थापन गरिदिन अनुरोध गर्नुभयो ।