२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाण्डौमा निर्माण र विस्तार भइरहेका सडकको मन्त्री नेम्बाङ यसरी गरे अनुगमन, हेरौ तस्विर



अ+ अ-

काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले काठमाडौं उपत्यकामा विस्तार र निर्माण भइरहेका सडकहरूको स्थलगत अनुगमन गर्नु भएको छ ।
बालकुमारीको हनुमन्ते कोरिडोर, उपत्यकाकै सर्वाधिक सवारी जाम हुने कोटेश्वर चोकमा विस्तारको क्रममा रहेको चार लेनको सडक, गौशला–चाबहील सडक र जोरपाटी–साँखु सडक खण्डको मन्त्री नेम्बाङले शनिबार अनुगमन गर्नु भएको हो ।

चार लेनको सडक विस्तारका लागि कोटेश्वर चोक क्षेत्रमा भने विमानस्थलको बार सार्ने काम सुरु भएको छ ।  

अनुगमनपछि मन्त्री नेम्बाङले हनुमन्ते कोरिडोर निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय सरोकारवाला, निर्माण व्यवसायी र सम्बन्धित आयोजना हेर्ने आयोजना प्रमुख र मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयलाई छलफलका लागि मन्त्रालयमा आइतबार  बोलाउनु भएको छ ।

जोरपाटी–साँखु सडक खण्डको सानो थलीको उकालो क्षेत्र र तिवारी टोल लगायतका ठाउँहरुमा स्थानीयहरूले सडक विस्तारमा अवरोध गर्दै आएका छन् । अवरोध भएका क्षेत्रहरूमा सडक विस्तारको काममा समस्या देखिएको छ ।

स्थानीयको अवरोध नभएका क्षेत्रहरूमा भने सडक निर्माण र विस्तारको काम तीब्र गतिमा भइरहेको काठमाण्डौ सडक विस्तार आयोजना प्रमुख गुरु अधिकारीले बताउनु भयो । 

मन्त्री नेम्बाङले सडक निर्माण र विस्तार कार्यमा समस्या देखिएको अवस्थामा सम्बन्धित क्षेत्रमै पुगेर सरोकारवालाहरूसँग छलफल गर्दै आउनु भएको छ । 

शनिबार भएको अनुगमनमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ गजेन्द्र थपलिया, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, ट्राफिक प्रहरी प्रमुख भीम ढकाल, काठमाडौं सडक डिभिजन प्रमुख कुवेर नेपाली, उपत्यका सडक विस्तार  आयोजना प्रमुख गुरू अधिकारी सहभागी रहनु भएको थियो ।