काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेर्कड कायम गरेको छ । शुक्रबार तोलामा ९० हजार ६ सयमा कारोबार भएको सुन आईतवार ७ सय बढेर ९१ हजार ३ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै शुक्रबार ९० हजार १ सय ६० रहेको तेजाबी सुनको मुल्य पनि आइतबार ९० हजार ८ सय ६० तोकिएको छ ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ९४५ कायम भएको महासंघले जनाएको छ