२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले संसदमा विरोधको शैली रचनात्मक बनाउने !



अ+ अ-

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले विरोधको शैली परिवर्तन गर्ने भएको छ ।

रास्वपाले अब प्रतिनिधि सभा बैठकमा रचनात्मक तरिकाले विरोध गर्ने भएको हो । अहिलेसम्म रास्वपाले सुरुमा आफूले बोल्ने र त्यसपछि रोस्ट्रम घेराउ गर्दै नाराबाजी गर्ने गरेको थियो ।

रास्वपाका सांसदहरु रोस्ट्रम अगाडि नाराबाजी गर्दागर्दा थाकेपछि भुइँमै बसेर विरोध जनाउँदै आएका थिए । अब भने उनीहरुले विरोधको शैली परिवर्तन गरेर रचनात्मक बनाउन लागेका हुन् ।

आन्दोलनको असरको समीक्षा र परिस्थितिको मूल्यांकन गर्न रास्वपाले सुमना श्रेष्ठ, मनिष झा, शिशिर खनाल, असिम शाह र निशा डाँडीको कार्यदलसमेत गठन गरेको छ ।

यसैगरी आन्दोलन परिचालनको जिम्मेवारी हरि ढकाललाई दिइएको नेता विराजभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

संसद्सँग समन्वय गर्न विराजभक्त श्रेष्ठ र सन्तोष खनाललाई जिम्मेवारी दिइएको छ ।