३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले भने- केपी ओलीलाई हटाउँछु भन्ने नसोचे हुन्छ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नक्सा छापेकै भरमा आफूलाई हटाउन षडयन्त्र भइरहेको बताएका छन्।

मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आईतवार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हटाउन खोज्ने चारतिर भए पनि आफूले तत्काल कुर्सी नछोड्ने बताएका हुन्।

“मलाई प्रधानमन्त्रीको कुर्सीमा बसिरहने मन छैन, तर आजको लागि होइन भोलिका लागि, आफ्ना लागि होइन देशका लागि बसेको छु,” प्रधानमन्त्रीले अगाडि भने, “म हटे भने भोलि देशको पक्षमा कोही बोल्यो भने भोलिपल्टै हट्नुपर्नेछ।”

कुर्सीमा बसेरै मिचिएको भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए।

नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, “जनताको शासन बनाउन मदन भण्डारी लड्नुभएको थियो, अहिले हामीले त्यो प्राप्त गरेका छौं।”

ओलीले मदन भण्डारीले समानता र लोकतन्त्रका लागि लडेको भन्दै उनको योगदानको प्रशंसा पनि गरे। 




भर्खरै