१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति चाहिन्छः सन्तोष परियार

गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति चाहिन्छः सन्तोष परियार
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने कुरा दोहो¥याउनुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतालाई शिकार गरेर राज्यका संरचना बनाइरहेको भन्दै आपत्ति जनाउँदै रास्वपा विगत लामो समयदेखि यो मुद्दामा गम्भीर छलफलमा रहेको बताउनु भयो । उहाँले राज्य कसको लागि र जनतालाई दुःख दिन बनाएका हौँ ? भन्दै प्रश्न गर्नुभयो ।

नेपालीलाई स्वदेशमा बस्न, खान र लगाउने व्यवस्था नगर्ने र जीविकोपार्जन गर्न विदेश जानेमाथि ठग्ने राज्यको संरचना जवाफदेही हुनुपर्ने बताउनु भयो । उहाँले गृह मन्त्रालय अन्तर्गत अध्यागमन कार्यालयको विषयमा उठेको कुराको जवाफ माग्दा सदनमा आफूहरूमाथि बल प्रयोग गरेर सदन चलाइएको भन्दै आपत्ति व्यक्त गर्नुभयो । उहाँले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बन्नैपर्ने कुरा दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो, “जनतालाई शिकार गरेर राज्यका संरचना बनाइरहनुभएको छ । रास्वपा विगत लामो समयदेखि यो मुद्दामा गम्भीर छलफलमा बसेको छ । सम्मानित सदनबाट, भन्न चाहन्छु, यो राज्य कसको लागि बनाएका छौँ ? जनतालाई दुःख दिन बनाएका हौँ ? या जनताका लागि यो राज्य बनाएका हौँ ? तमाम नेपाली जनतालाई रोजगार दिन नसक्ने, खान लाउन र बासको व्यवस्था गर्न नसक्ने अनि जीविकोपार्जन गर्न विदेश जानी महिला दिदीबहिनी र दाजुभाइहरूलाई ठग्ने यो राज्यको संरचना जवाफ देही हुनुपर्छ कि पर्दैन ? गृह मन्त्रालय अन्तर्गत अध्यागमन कार्यालयको कुरा आएको छ, हामीले त्यसको जवाफ माग्दा आज हामीलाई यो सदनमा बल प्रयोग गरेर हामी कराइरहँदा पनि यो सदन चलाउने ? यो हुन सक्दैन । छानबिन समिति चाहिन्छ ।” 

भिजिट भिसा प्रकरणमा मुछिनुभएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन् । सोमवारको प्रतिनिधि सभामा पनि रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् । यद्यपि, रास्वपाका विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद अगाडी बढाउनुभएको छ ।