२२ मंसिर २०८२, सोमबार
,
Latest
चिसोयाममा दर्शकलाई तताउँदै एनपिएल रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली हवाई आक्रमणपछि इरानको चेतावनीः ठूलो मूल्य चुकाउनुपर्नेछ



अ+ अ-

न्यूजपोलार ए.आई.

इजरायलले आक्रमणको मूल्य चुकाउनुपर्ने

जरायली हवाई आक्रमणमा कम्तिमा दुई इरानी आणविक वैज्ञानिकहरू पनि मारिएका छन्

एजेन्सी । इरानका सर्वोच्च नेता अली खामेनीले शुक्रवार इरानमा इजरायली हवाई आक्रमणपछि इजरायलले कडा सजाय पाउने चेतावनी दिनुभएको छ । इजरायलले आक्रमणको मूल्य चुकाउनुपर्ने उहाँको भनाइ छ ।

इरानी सशस्त्र बलका प्रवक्ता अबोलफजल शेखारचीले सरकारी सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्तामा इजरायलले कारबाहीको लागि ठूलो मूल्य चुकाउने बताउनु भयो ।

इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोप्र्सका प्रमुख कमाण्डर हुसेन सलामी, इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बघेरी र इरानको खातम अल–अन्बिया केन्द्रिय मुख्यालयका कमाण्डर घोलम अली रशिदसहित धेरै वरिष्ठ सैन्य कमाण्डरहरूको हवाई आक्रमणमा मारिएका छन् ।

इजरायली हवाई आक्रमणमा कम्तिमा दुई इरानी आणविक वैज्ञानिकहरू पनि मारिएका छन् । जसलाई मोहम्मद मेहदी तेहरानची र फेरेदौन अब्बासी भनेर चिनिन्छ ।