३१ भाद्र २०८३, बुधबार
,
Latest
काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीको अनुहार किन लुकाउँछन् अक्षय कुमार ?



अ+ अ-

काठमाडौं । बलिउड नायक अक्षय कुमार बक्स अफिसमा सफल छन् । अक्षय एक मात्र यस्ता स्टार हुन् जो धेरै चलचित्रमा अभिनय गरेपिन उनका फिल्मले राम्रो व्यापार गर्छन्।

जब अक्षय स्टारडमबाट पर हट्दै आफ्नो घर पुग्छन् उनी सामान्य मानिसको शैलीमा देखिन्छन् । उनै अक्षयको अर्को एक गजबको कुरा चर्चामा छ । उनले आफ्नी छोरीको अनुहार मिडियाको अगाडि जहिले पनि छोपेका हुन्छन् । मिडियाको क्यामेरा अगाडि छोरीको अनुहार उनले धेरै पटक हातले छोप्ने गरेको देखिन्छ ।

उनकी छोरीको कुनै पनि तस्बिरमा स्पष्ट अनुहार देखिएको छैन । क्यामेरामा उनी छोरी निताराको स्पष्ट अनुहार क्लिक हुन पाउदैन । यसको त्यस्तो खास कारण त छैन । तर, सेलिब्रेटीको सन्ततीलाई फ्यानदेखि मिडियाले पनि पिछा गर्ने भएकाले अक्षय यसमा सजग छन् । जसले गर्दा उनले छोरीको अनुहार स्पष्ट रुपमा अहिले नै मिडियामा नआओस् भन्ने चाहेका हुन् ।

साहरुखका छोरा आर्यन, अमिताभ बच्चनकी नातिनी, साहरुखकी छोरी सुहाना, सैफअली खानकी छोरी लगायतका तस्बिर मिडियामा विभिन्न स्क्यान्डल शैलीमा सार्वजनिक भएका थिए ।

यसैले, मिडिया र फ्यानबाट टाढा राख्नका लागि अक्षयले छोरीको अनुहार देखिने तस्बिर न त क्लिक गरेका छन् न त क्लिक गर्न दिएकै छन् ।