२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आइतबार आफूलाई पदबाट हटाउन भारत लागेको भनी दिएको अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ । मंगलबारको बैठकको सुरुमै पार्टीका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सो अभिव्यक्ति गम्भीर रहेको भन्दै छलफल हुनुपर्ने बताएका हुन् ।

त्यस्तै बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर ढंगले आएकाले यसबारेमा बैठकलाई यथार्थ जानकारी गराउनुपर्ने धारणा राखेको एक स्थायी कमिटी सदस्यले बताए । मंगलबारको बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित छन् ।

प्रधानमन्त्रीलाई पछिल्लो अभिव्यक्तिले स्थायी कमिटीमा स्पष्ट अल्पमतमा रहेका ओलीले आफूलाई हटाउन प्रचण्ड र माधव नेपाल पक्ष लाग्ने सम्भावना देखेर यस्तो अभिव्यक्ति दिएको आरोपसमेत लागेको छ ।