२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियुको अध्यक्षमा दुई र महासचिवमा तीन जनाबीच प्रतिस्पर्धा



अ+ अ-

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि अध्यक्षमा दुई र महासचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन गर्न लागिएको हो । गएराति उम्मेदवारी दर्तासमेत भइसकेको छ ।

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी छ ।

महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको छ । उपमहासचिवमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने सचिवमा तीन दर्जन बढी उम्मेदवार छन् ।

रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी राजेश ओली लगायत करिब ४० जनाको सचिव पदमा उम्मेदवारी परेको छ ।
मतदान बिहान १० बजेदेखि ५ बजेसम्म हुने छ ।