३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्व छलेकाे अभियाेगमा ४४ कराेड जरिवाना



अ+ अ-

काठमाडाैंः राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा २ वटा फर्मलाइ रू ४० करोड ६१ लाख विगो असुल र विगोको दोब्बर जरिवाना एवं कैद सजायको माग गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेकाे छ ।

विभागका अनुसार न्यू सागर प्लाष्टिक कन्सर्नका प्रोप्राईटर सञ्जु किजु तथा मुख्य आरोपित व्यक्ति सागर किजुले २६ करोड ८२ लाख तथा सुप्रिम प्लाष्टिक कन्सर्नका प्रोप्राईटर सागर किजुले ५ करोड ७७ लाख समेत जम्मा रु ३२ करोड ६० लाख राजश्व छलेकाे अभियाेगमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

यसैगरी, झुट्टा तथा नक्कली मु.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने काठमाण्डौं जिल्ला काठमाडौं महानगरपालिका स्थित बिकोई/स्काई/ बंगलामुखी जे.भी. का संचालक साझेदार रोशन कुमार श्रेष्ठ समेतले राजस्व चुहावट गरेको अभियोगमा ८ करोड १ लाख विगो असुल एवं कैद मागदावी लिई मुद्दा दर्ता गरिएको विभागले जनाएकाे छ ।

विभागले भारतकाे कर्नाटक राज्य बस्ने बर्ष ४२ को अब्दुल मजिद अनेकल र रोशन भनिने लुक्मान्युल हकिमले ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा रु. ४ कराेड २२ लाख २० हजार विगो कायम गरी उच्च अदालत हेटौडामा मुद्दा दर्ता गरेकाे जनाएकाे छ ।