काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । बिहिबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी कमिटीको बैठक सुरु भएको हो ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद बैठक बोलाएका कारण आजको स्थायी कमिटी बैठकमा अहिलेसम्म उपस्थित भएका छैनन् । प्रधानमन्त्री ओली केहीबेरपछि मात्र सहभागी हुने स्रोतको दावी छ।
बैठकमा सहभागी केही स्थायी कमिटीका सदस्यहरु दिउँसो १ बजेका लागि राष्ट्रिय सभाको बैठक पनि आव्हान गरिएकाले बैठक छाडेर केहीबेरमा संसद भवन जाने कार्यक्रम रहेको छ ।
नेकपा स्थायी कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङका अनुसार बैठकमा नेताहरुले धारणा राख्नेक्रम शुरु भएको छ ।
स्थायी कमिटीको बैठकसंगै मन्त्रिपरिषदको बैठक पनि बालुवाटारमै बस्दैछ ।