१५ असार २०८३, सोमबार
,
Latest
कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको मर्म र भावना अनुरुप नै निजामती सेवाको विधेयक आउने : सभामुख



अ+ अ-

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले संविधानको मूल मर्म र भावना अनुरुप नै संघीय निजामती सेवाको विधेयक आउने बताउनुभएको छ । 

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुसँगको भेटका क्रममा बिहीबार सभामुख सापकोटाले संविधानको मर्म र भावना अनुरुप ने निजामती विधेयक आउने बताउनुभएको हो । ट्रेड युनियनले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा ट्रेड युनियनलाई ध्वस्त पार्ने व्यवस्था गरिएको भन्दै सभामुख सापकोटालाई भेट गरी ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै सभामुख सापकोटाले विधेयको सम्बन्धमा आफुले अध्ययन गरिराखेको र मन्त्रीसँग पनि छलफल गरी संविधानको मर्म अनुरुप नै अगाडि बढ्ने बताउनुभयो । उहाँले संविधानको मर्म र भावना अनुरुप नै विधेयकको विकास गर्न आफुले अधिकतम प्रयत्न गर्ने समेत बताउनुभयो ।

भेटवार्तामा टेड युनियनका पदाधिकारीहरुले विधेयकमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरु नै नरहने गरी संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित भइसकेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् । उनीहरुले मौजुदा निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था बमोजिम नै संशोधित विधेयकमा व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन् । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल गरी बहुमतले पारीत गरिसकेको छ ।