१५ असार २०८३, सोमबार
,
Latest
भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु, कैँयौ बेपत्ता भएको आशङ्का



अ+ अ-

काठमाडौं । म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 

हपाकांत टाउनशिपको साटेमु गाउँमा रहेको जेड खानी साइटमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएको बताइएको छ । खानी साइडमा काम भइरेहको यस अवस्थामा कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरोले उनीहरुलाई पुरेको आशङ्का गरिएको छ । तर यस विषयमा थप जानकारी आउन भने बाँकी रहेको छ ।

सन् २०१६ को नोभेम्बर पनि उक्त साइडमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको थियो । बिहीबारको पहिरोको बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ । केही दिन यतादेखि सो क्षेत्रमा अविरल रुपमा वर्षा भइरहेको छ । वर्षापछि सो स्थानमा पहिरो आएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।  

त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।