१५ असार २०८३, सोमबार
,
Latest
कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेन्टि हुनुपर्छ : विडारी



अ+ अ-

काठमाडौं । बिहीबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनुपर्ने देखि लिएर स्वास्थ्यकर्मीमाथि कुटपीट भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  

बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नीजि र सार्वजनिक यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनुपर्ने र अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेन्टि गर्नुपर्ने बताएका हुन् । सांसद रामनारायण विडारीले यातायात क्षेत्रमा नेपालीहरुको खरबौँ लगानी भएपनि यसलाई हेर्ने छुट्टै मन्त्रालय नभएको बताउनुभयो । यात्रुबाहक, मालबाहक लगायत विभिन्न प्रकाशका यातायातका साधन सञ्चालनमा रहेपनि यसका लागि छुट्टै नीति नभएको उहाँले बताउनुभयो । नीजिले पनि सार्वजनिक भाडाको काम गरिहरेको उल्लेख गर्दै उहाँले यातायात व्यवसायीहरुलाई १० प्रतिशत पुर्नकर्जा र ढृुवानीमा भ्याट छुट दिएर टिडिएस मात्रै लाग्ने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद विमलाई राई पौडेलले अति विशिष्ट व्यक्तिहरुका लागि राम्रो सुरक्षा प्रवन्ध गर्ने चलन रहेपनि पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । अहिलेको संकटको समयमा अति विशिष्ट व्यक्ति भनेका स्वास्थ्यकर्मी भएपनि उनीहरुमाथि आक्रमण भइरहेको बताउनुभयो । स्वास्थ्यकर्मी नै सुरक्षित नभए आम नागरिक कसरी सुरक्षित हुन्छन् भन्दै उहाँले ध्यानाकर्षण गराउनुभयो ।

सांसद शान्ति कुमारी अधिकारीले असारले विकासले विनास निम्त्याएको बताउनुभयो । जेठ १५ मा बजेट सार्वजनिक भएर असारमा पास हुने भएपनि पुसमा मात्रै सम्झौता गर्न सुरु हुने परम्परा तोड्नुपर्ने बताउनुभयो । साउन र भदौ महिनामा कर्मचारीहरु पालैपालो विदामा बस्ने हुँदा काममा ढिलाई भइरहेको उहाँले बताउनुभयो । सम्बन्धि मन्त्रालयहरुले अख्तियारी चाँडो दिएर कार्तिक भित्र कम सुरु गरी जेठ मसान्तमा काम सक्नुपर्ने नीति बनाउन जरुरी रहेको उहाँले बताउनुभयो ।

सांसद शेरबहादुर कुँवरले अस्तव्यस्त क्वारन्टिनको कारण कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो । संलकन भएका स्वावको पीसीआर परीक्षणका लागि महिनौँ दिनसम्म कुर्नुपर्ने अवस्थाले समुदायस्तरमा कोरोना फैलिने डर भएको उहाँले बताउनुभयो ।