२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमि आएनन्’



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमि आउन नसकेको बताउनुभएको छ । 

सन् २०१७ देखि २०१९ सम्मको तथ्याङ्क प्रस्तुत गर्दै देवले यौंनहिंसा र अन्य विभेदका घटनाहरमा कमि आउन नसकेको बताउनुभएको हो । २ वर्षको अन्तरमा ४ हजार ९ सय ४० वटा बलात्कार, बलात्कारको प्रयास र यौनजन्य घटना भएको उहाँले बताउनुभयो । जसमा ३ हजार ५ सय बलात्कारका घटना, ४ सय २० बलात्कारको प्रयास र ९ सय ९४ वटा यौनजन्य घटनाहरु घटेको उहाँले बताउनुभयो । २६ वटा बलात्कार पछिको घटनामा ३५ प्रतिशत दलित महिला र बालिका रहेको उहाँले बताउनुभयो । रुकुम पश्चिममा उच्च जातिय अहंकार र सामन्ती मानसिकताका कारण नवराव विकको हत्या भएको उहाँले बताउनुभयो ।

देवले नीति निर्माण र शक्तिको अभ्यास हुने ठाउँमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व गर्न आवाज उठाउन सरकार, राजनीतिक दल र दलित अधिकारकर्मीहरुलाई आग्रह गर्नुभयो ।