२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारीकै बीच नेपाली सैनिक शान्ति मिसनमा जाँदै



अ+ अ-

काठमाडौं । कोरोना महामारीकै बीच नेपाली सैनिक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाने भएका छन् । नेपाली सेना शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली जाने भएका हुन्।

दुई मुलुकमा हुने उडानका सम्बन्धमा नेपाली सेना र नेपाल एयरलाइन्सबीच बिहीबार सम्झौता भएको छ । शान्ति मिसनका लागि खटिने नेपाली सेनाका अधिकृत र जवानलाई लिएर नेपाल एयरलाइन्सको विमान असार २४ गते ती दुई देशमा पुग्नेछ ।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौंबाट सैनिक लिएर सुरुमा कतारको राजधानी दोहा पुग्नेछ । त्यहाँ इन्धन थप गरी जहाज सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्नेछ ।

नेपालबाट गएका केही सैनिक त्यहाँ झर्नेछन् भने केही सैनिक लिएर विमान फेरि माली पुग्नेछ । मालीमा सैनिक झारेपछि विमान काठमाडौं फर्किनेछ ।

यसअघि नै शान्ति मिसनका लागि ती देशमा पुगेका नेपाली सैनिक सोही विमान चढेर स्वदेश फर्किनेछन् । ती मुलुकबाट नेपाल फर्कन सैनिकको संख्या भने ५र६ जना मात्र रहेको बताइएको छ ।

यो उडानलाई कम्पनीले चुनौती र अवसर दुबै रुपमा लिएको नेपाल एयरलाइन्सको भनाइ छ ।