२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ४७३ जनामा कोरोना सं‌क्रमण, संक्रमितको संख्या १४ हजार ५ सय नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ७३ जनामा व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १ सय ९ जना महिला र ३ सय ६४ पुरुष गरी कुल ४ सय ७३ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । यससँगै हालसम्म संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । जसमध्ये १ हजार ८ सय ८३ महिला र १२ हजार ६ सय ३६ पुरुष रहेका छन् ।  

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३७ पीसीआर परीक्षण भएको छ । हाल सम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परिक्षण भएको छ । देशभर रहेका विभिन्न क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना व्यक्ति रहेका छन् । यस्तै आइसोलेसना  १० हजार १ सय ३७ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । हाल सम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

सरकारले पीसीआर परीक्षणलाई बढाउन थप २ वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेको छ । यससँगै कुल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुने छ ।

हालसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा ३ हजार ९ सय ९ जना, बागमती प्रदेशमा ५ सय ५ जना, गण्डकी प्रदेशमा १ हजार ८४ जना, प्रदेश ५ मा ३ हजार ८ सय ५३, कर्णाली प्रदेशमा १ हजार ५ सय १२ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।