३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा युद्धबिराम हुँदै, मंसिर ४ को खोजी, सहमतिका लागि तेस्राे तहका नेता सक्रिय



अ+ अ-

काठमाडौं । फुटको संघारमा पुगेको सत्तारुढ दल नेकपा भित्र युद्धबिरामको तयारी भै रहेको छ । तत्काल आरोप प्रत्यारोप रोकेर मंसीर ४ गते भएको सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने तर्फ सकारात्मक वातावरण बन्दै गएको जनाइएको छ । 

यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुग्नु भएको छ ।  सरकार र पार्टीबीच चरम विवाद भएपछि  २०७६ मंसीर ४ गते दुई अध्यक्ष ओली र दाहालबीच लिखित सहमति गरी समस्यालाई थामथुम पारिएको थियो । जसमा ५ वर्ष ओलीले सरकार सञ्चालन गर्ने र दाहालले कार्यकारी अधिकार सहित पार्टी सञ्चालन गर्ने सहमति भएको थियो । 

यही सहमतिलाई फेरि अन्तिम पटक भन्दै हाल देखिएको समस्या थामथुम पार्ने प्रयास भएको हो । योसँगै मन्त्रीमण्डल, केही मुख्यमन्त्री र सचिवालय परिवर्तन गरी नेता माधव नेपाल र बामदेव गौतमको चित्त बुझाउने प्रयास भै रहेको छ । संगठनात्मक रुपमा कमजोर रहेको झलनाथ खनालका बारेमा भने नेताहरुले खासै महत्व दिएका छैनन् । 

पार्टीभित्र तेस्राे तहका नेताहरुले पनि समस्यामा हस्तक्षेप गर्न थालेपछि शीर्ष तह दबाबमा पर्न थालेको हाे । यसैक्रममा  कृषिमन्त्री घनश्याम भुसालको निवासमा  नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन, मणि थापा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराईले नेतृत्वलाई मिल्नका लागि दबाब दिन छलफल गरेका छन् ।