३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमानाकामा जारी छ उद्धार



अ+ अ-

कैलाली । कोरोनाका जोखिमका कारण कैलालीको त्रिनगर भन्सार सिमानाकाबाट स्वदेश भित्रिने नेपालीको उद्धार जारी  रहेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोसीले भारतका विभिन्न शहरबाट नेपाली स्वदेश भित्रिने क्रम जारी रहेका जानकारी दिनुभयो । 

उहाँले भन्सार नाकाबाट हालसम्म जम्मा ८६ हजार ५०० जना स्वदेश भित्रिएका बताउनुभयो दिनुभयो । “जेठ ११ गतेदेखि २६ गतेसम्म सिमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै भएको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको छ”, उहाँले भन्नुभयो, “अहिले दिनमा २०० को हाराहारीमा नेपाली स्वदेश भित्रिरहेका छन् ।”

शुरुका दिनमा सोही नाकाबाट एकै दिनमा छ हजारसम्म पनि भित्रिएका तथ्याङ्क रहेको छ ।  भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने अनुमान गरिएको छ ।

स्वाब सङ्कलन जारी 

धनगढी उपमहानगरपालिकाले पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन जारी राखेको छ । नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र बेलीमा विभिन्न वडाका क्वारेन्टिन रहेकाको   स्वाब सङ्कलन भइरहेको जनाइएको छ ।  

कोरोना  पोजेटिभ देखिएकालाई उपमहानगरपालिकाले आफ्नै आइसोलेशनमा राख्ने गरेको नगरप्रमुख नृपबहादुर वडको भनाइ छ । “पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ भन्ने हाम्रो शुरु देखिकै माग हो”, उहाँले भन्नुभयो, “अहिले क्वारेन्टिनमा रहेकाको परीक्षण गर्दै छौँ, सम्भवन भएसम्म नमूनाका रुपमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पनि गर्नेछौँ ।”

उपमहानगरपालिका कोभिड–१९ उपसमितिका संयोजक नारायणप्रसाद बरालले किटको अभावका कारण चाहेर पनि धेरै व्यक्तिको पिसिआर परीक्षण हुन नसकेको र अब दायरा बढ्ने बताउनुभयो ।स्वास्थ्य अधिकृत लक्ष्मीराज उपाध्यायले विभिन्न क्वारेन्टिनमा रहेका ६५ जनाको स्वाब सङ्कलन सङ्कलन हुने जानकारी दिनुभयो ।