१५ असार २०८३, सोमबार
,
Latest
चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओली र प्रचण्डबीच छलफल, महासचिव पौडेल र नेता जनार्दन पनि सहभागी



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा राजनीतिक गतिराेधकाे सम्भावित निकासका बारेमा छलफल भै रहेको छ । मध्याह्नदेखि सुरु भएको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुहुन्छ ।  

छलफलमा २०७६ साल मंसीर ४ गते भएको सहमतिलाई दुबै पक्षले पूर्ण रुपमा पालना गर्ने, हाल देखिएको गतिरोधलाई मथ्थर बनाउँदै शीर्ष नेताहरुबीच विश्वासको वातावरण बनाउने र अन्य नेता तथा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने विषयमा छलफल केन्द्रित रहेको स्राेतले जनाएको छ ।  

सरकार र पार्टी फरक हुन् भन्ने मानसिकता त्याग्दै सरकारले गर्ने काम कारबाहीका बारेमा पार्टीमा छलफल गर्ने र अपनत्व लिने बारेमा पनि छलफल  हुने जनाइएको छ ।  यी विषय समेटर मंसीर ४ गते सहमति भएपनि पूर्णरुपमा पालना नभएपछि नेताहरूमा अविश्वास बढेकाे छ ।