२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्र र धवलशमशेर सम्पर्कविहीन भएपछि जिम्मा लिने वकिललाई २५ हजार जरिवाना



अ+ अ-

काठमाडौँ । तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा रिहा भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणा सम्पर्कविहीन भएका छन् ।

मिश्र र राणा सम्पर्कविहीन भएपछि उनीहरुको जिम्मा जमानी लिएका वकिललाई जरिवाना तिराइएको छ ।

अदालतमा मुद्दा गएपछि सम्पर्क हुने सर्तमा छुटेपनि बयानका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित नभएपछि दुई वकिललाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

जिम्मा जमानीमा लिने मिश्रका कानुन व्यवसायीहरू वसन्त ब्लोन र श्यामबहादुर शाही तथा शमशेरका स्वकीय सचिव उमेश विष्टलाई जनही २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता एसपी अपिल बोहराले बताए ।

तीनकुने घटनामा संलग्न मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ५० जनाको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।