३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्वेता श्री फाउन्डेशनलाई सनराइज बैंकको ५ लाख रुपैयाँ सहयोग



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउन्डेशनलाई सनराइज बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउन्डेशनलाई चेक हस्तान्तरण गरेका हुन् । 

शुक्रबार एक कार्यक्रमको बीच बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउन्डेशनलाई सहयोग गर्दै प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड(१९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको र आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने बताएका हुन् । 

यस्तै नायिका श्वेता खड्काले फाउन्डेशनलाई विश्वास गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता जनाए ।

सो फाउन्डेशनले स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ गतेदेखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।