३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकता जाेगाउन नेकपा केन्द्रीय सदस्यहरु धर्नामा



अ+ अ-

काठमाडाैंः पार्टी भित्र देखिएको विवाद वार्ताको माध्यमबाटै टुंगो लगाउन माग राख्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । रोल…

पार्टीभित्र पछिल्लो समय देखिएको विवादको हल वार्ता र सम्बादको माध्यमबाट नै निकाल्नुपर्ने माग राख्दै नेताहरु धर्नामा बसेका हुन् । पार्टी विधि, विधान र पद्धति अनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धति अनुसार अगाडी बढ्नुपर्ने उनीहरुको माग छ ।

नेकपा केन्द्रीय सदस्य विजय पौडेलले नेताहरुले पार्टीको बैठकबाटै समाधान निकाल्नुपर्ने बताएका छन् । बैठक बाहिरबाट समाधान नहुने उल्लेख गर्दै उहाँले सामुहिक छलफलबाट नै निष्कर्ष निस्किने बताउनुभयो । नीतिलाई प्राथमिकतामा राखेर अगाडी बढेमा समस्या समाधान हुने उहाँले बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीमा विधि र विधानभन्दा व्यक्ति प्रधानभएर अगाडी बढ्दा यस्तो समस्या आएको बताउनुभयो । व्यक्तिगत स्वार्थ र स्वेच्छाचारी ढंगले नेताहरु अगाडी नबढेको भए यस्तो सममस्या नआउने उहाँले बताउनुभयो । विधि, विधान र पार्टीको बैठकबाट नै अहिलेको समस्याको समाधान खोज्नुपर्ने उहाँले बताउनुभयो ।

अर्का सदस्य जगन्नाथ खतिवडाले पार्टी विभाजन गर्ने तत्वहरु सल्बलाउन लागे उनीहरु एक्लो पर्ने बताउनुभयो । पार्टी विभाजनको सोच राख्नेहरुले सपना देखेपनि एक्लै हुने जिकिर गर्दै उहाँले पार्टी पंक्तिलाई कुनै क्षति नपुग्ने बताउनुभयो । उहाँले कार्यकर्ताहरुलाई नडराएर पार्टी एकताको पक्षमा वकालत गर्न आग्रह गर्नुभयो । सबै समस्याको समाधान सम्बाद र विधानको पालना गरेर निस्किने उहाँले बताउनुभयो ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने पक्ष बलियो हुँदै गएको छ । मदन जन्म जयन्तीका अवशरमा पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भारतले सरकार ढाल्न खोजेको र नेपालका नेताहरु समेत त्यसमा सक्रिय रहेको अभिव्यक्ति दिएपछि पार्टी भित्र विवाद बढेको हो ।

स्थायी समिति बैठकमा ओलीको राजीनामा माग्ने पक्षको आवाज बलियो हुँदै गएपछि ओलीले बैठक छल्दै आउनुभएको छ । सरकारले अचानक संसद बैठक अन्त्य गर्ने निर्णय गरेपछि पार्टी फुटाउने अध्यादेश फेरी आउने आशंका नेकपा नेताहरुले गरिरहेका छन् । दुई अध्यक्षबीचमा छलफलका लागि भन्दै नेकपाको स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।