काठमाडौ । गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको जमिनलाई हिजोआज ‘लभ डाँडा’ भनेर चिनिन्छ । त्यहाँ असहाय गाईबाच्छाहरुको आश्रयस्थल पनि छ । खण्डहर जस्तै बनेको लमतन्न डाँडा पाखामा यत्रतत्र युवा युवतीहरु रमाउँदै र खेल्दै गरेका अनेक दृश्य देख्न सकिन्छ । खोँच र खाडलमाझ हुने अनेक गतिविधिले सुन्दर डाँडालाई कुरुप बनाउँदै लगेको अनुमान त्यहाँ आउने जो कोहीले गर्दछन् ।
रमणीय स्थलमा हुने अश्लील गतिविधिले कुरुप बनाउँदै लगेको लभ डाँडाको कुना कन्दरा र यत्रतत्र भेटिने ट्याबलेटका खोल र प्रयोग भएका इन्जेक्शनले उक्त डाँडो विस्तारैदुर्व्यसनीको आश्रयस्थलका रुपमा परिचित भइरहेको छ । दुर्व्यसनीहरुको जक्सनका रुपमा स्थापित उक्त स्थल बिलकुलै सुरक्षा निकायको आँखाभन्दा पर रहेको छ ।
हरेक दिन कयौँ दुर्व्यसनी तथा र अश्लील हर्कत गर्नेहरुको अखडाका रुपमा स्थापित भैरहँदा पनि सुरक्षा निकायको निगरानी त्यस भेगमा पर्न नसकेको छाडा गाई बाच्छा संरक्षक उत्तम पुडासैनीले गुनासो गर्नुभयो ।











