२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

होम-क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

कैलाली । कैलालीमा होम-क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ। 

जिल्लाकोको गोदावरी नगरपालिका वडा नम्बर १० कि एक महिलामा शुक्रबार राति स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले बताए।

जेठ २६ गते भारतबाट फर्केकी ४८ वर्षीया ती महिला वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टिनमा बस्दै आएकी थिइन्। वडा अध्यक्ष शाहीले ति महिलामा पहिलेदेखी प्यारालाइसिस र रक्तचापको समस्या रहेको बताए । 

उनको कोरोना परीक्षणका लगि स्वाब नमूना संकलन गरी धनगढी पठाइएको र रिपोर्ट आएपछि शव व्यवस्थापन गरिने शाहीले बताए।