१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोकनाको खेतमा प्रहरी पुग्यो, स्थानीय र किसानबीच व्यापक झडप



अ+ अ-

काठमाडौं । ललितपुरको खोकनामा खेत रोप्न पुगेका किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गरी रोपाइँ गर्न पुगेका किसानलाई लखेट्न पुगेको प्रहरी र स्थानीय किसानबीच दोहोरो झडप भएको हो । त्यस क्रममा प्रहरीले पनि केही सेल अश्रुग्यास हानेको बताइएको छ ।

खोकनाबासीले फास्ट ट्रयाक बनाउने क्रममा सरकारले विकासका नाममा रहेको जग्गाजमिन कब्जा गरेको भन्दै विरोध गर्दै आएका छन् । सरकारले पछिल्लो समय अधिग्रहण गरेको थियो र त्यो जमिनमा खनजोत पनि नगर्नु भनेको थियो । तर त्यसको विरोध गर्दै आएका किसान आज भने खोकनाको खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।

सरकारले अधिग्रहण गरेको भनी सूचना नै प्रकाशन गरेको सो जमिनमा रोपाईँ नगर्न प्रहरीले आग्रह गरेको थियो । तर स्थानीय किसानहरुले सो जमिन आफ्नै भएकोले रोपाइँ गर्ने बताए र रोपाइँलाई निरन्तरता दिए । उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि विहानैबाट तनाव भइरहेकोमा अघि प्रहरी पुगेर अश्रुग्याँस नै हानेको छ । स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्नै अगाडि नै रोकेका थिए भने अरुले खानजोत गरेका थिए ।

स्थानीयले केही दिनयतादेखिको योजनाबमोजिम नै ट्याक्टर समेत लगाएर आजका लागि खनजोत र रोपाइँको योजना बनाएका थिए । थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् । भिडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास हानेको जनाएको छ । काठमाडौं-तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी सरकारले गरेको छ ।

तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् । खोकना आफूहरुको पूख्यौँली थातथलोका साथै सांस्कृतिक क्षेत्र समेत रहेको उनीहरुको दाबी छ । उनीहरुको आन्दोलनमा नेवा सांस्कृतिक पुनर्जागरण अभियानसहित विभिन्न संघसंस्थाले पनि समर्थन गर्दै आएका छन् ।

सम्पदा तथा संस्कृति बचाउ अभियानका अभियान्ता गणपतिलाल श्रेष्ठ खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरतात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिको विरुद्ध आन्दोलित हुनुपरेको बताउँछन् ।