काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली राष्ट्रपति बिद्यादेवी भण्डारीसंग भेटघाटका लागि शितल निवास पुग्नु भएको छ ।
नेकपा भित्र अन्तरकलह बढ्दै गएपछि दैनिक जसो राष्ट्रपतिसँग छलफल गर्नुभएका प्रधानमन्त्री ओली साझ ५:३० बजे राष्ट्रपति कार्यालय जानु भएको हो ।
प्रधानमन्त्रीले आजै साँझ ७ बजे सबै मन्त्रीहरुलाई वालुवाटार बोलाउनु भएको छ । नियमित मन्त्री परिषद्को बैठक नभएपनि के बिषयमा छलफल गर्न बोलाईएको हो भन्ने बारेमा मन्त्रीहरुले अनभिज्ञता प्रकट गरेका छन् ।
एक मन्त्रीले भन्नुभयो, सात बजे वालुवाटार आउनु भन्ने खबर छ तर किन भन्ने जानकारी गराईएको छैन ।