१५ असार २०८३, सोमबार
,
Latest
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निवासमा नेकपाका शीर्ष नेताहरु



अ+ अ-

काठमाडौं । पार्टीभित्र विवाद बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाट तिव्र पारेका छन् ।  

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेट गरी मन्त्रीहरुलाई आफु र राष्ट्रपति विरुद्ध षडयन्त्र भइरहेको भन्दै ब्रिफ्रिङ गरेपछि आज ओली इतर नेताहरुपनि शितल निवास पुगेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार लगायतका नेताहरु राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति विरुद्ध अहाअभियोग लगाउने तयारी भएको र आफुलाई पनि हटाउने षडयन्त्र भएको मन्त्रीहरुलाई भनेपछि ओली इतरका नेताहरु आज राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । 

प्रधानमन्त्री ओलीले पार्टी संकटमा पुगेको ब्रिफ्रिङ गरेपछि इतरका नेताहरुले राष्ट्रपतिलाई पछिल्लो घटनाक्रमबारे स्पष्ट पारेका छन् । भेटमा नेताहरुले प्रधानमन्त्री ओलीका गलत कदम विरुद्ध साथ नदिन राष्ट्रपतिलाई आग्रह गर्दै महाअभियोग लगाउने हल्ला निराधार भएको बताएका छन् । राष्ट्रपतिलाई भेटेपछि दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको छ । पार्टीलाई फुटको संघारबाट जोगाउन ओली र दाहालबीच आज निर्णायक वार्ता हुन सक्ने बुझिएको छ । दुबै पक्षबाट दोस्रो तहका नेताहरु पनि वार्तामा सहभागि भएको बुझिएको छ । सोमबार स्थायी समिति बैठक पछि बस्दै छ ।