२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी विदेशमन्त्री कुरैसीलाई कोरोना संक्रमण



अ+ अ-

इस्लामाबादः पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैसीलाई कोरोनाभाइरस संक्रमण भएको छ । विदेशमन्त्री कुरैसीलाई थप उपचारका लागि रावलपिन्डीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

विदेशमन्त्री कुरैसीले आफूलाई ज्वरो आएको र परीक्षण गर्दा कोरोनाभाइरस संक्रमण देखिएको बताउँदै आफू तत्कालै आइसोलेसन र क्वारेन्टिनमा बसेको ट्वीटर मार्फत जानकारी दिनु भएको छ ।

पाकिस्तानी विदेशमन्त्रीलाई कोरोना संक्रमण देखिएलगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

पाकिस्तानमा थुप्रै सांसदलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

दुई साता अघि सत्तारुढ एमक्यूएमका नेता एवं पाकिस्तानी संचार मन्त्री सइद अमिनुल हकलाई कोरोना संक्रमण देखिएको थियो भने विपक्षी पिएमएलका प्रवक्ता मारियम औरंगजेबलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।