२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकका डाटा चोरेको भन्दै गुगलले हटायो एप्स



अ+ अ-

वासिंटन । गुगलले फेसबुक प्रयोगकर्ताहरुका डाटा चोरी गरेको भन्दै २० वटा एन्ड्रोइड एप्सलाई आफ्नो गुगल प्ले स्टोरबाट हटाइदिएको छ ।

वालपेपर लेभल, भिडिओ मेकर, कलर वाल पेपर, पावरफुल फ्ल्यास लाइट, पेडोमिटर, सुपर ब्राइट फ्ल्यास लाइट लगायत विभिन्न २५ वटा एप्स फेसबुक प्रयोगकर्ताका लग इन डाटा चोरीमा संलग्न भएको रिपोर्ट हालै साइबर सेक्युरिटी कम्पनी एभिनाले सार्वजनिक गरेको थियो । 

एभिनाको खुलासापछि गुगलले २५ लाख पटक डाउनलोड भइसकेका ती एप्स हटाएको हो ।