१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंककाे सिस्टम ह्याक गर्ने भुपराज कोइराला विरुद्ध अख्तियारद्वारा मुद्दा दायर



अ+ अ-

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक हाल निलम्बित कर्मचारी भुपराज कोइरालाले बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका कार्यहरु गरी भ्रष्टाचारजन्य कार्य गरेको भन्दै विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगले गरेको अनुसन्धानमा बैंकको काठमाडौं बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा बैकिङ्ग सिष्टमअन्तर्गत प्रयोग गर्ने गरी निजलाई व्यक्तिगत रुपमा प्रदान गरिएको अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाईसमेत प्रयोग गर्न दिन नमिल्ने व्यक्तिगत टेलर आईडी र System Super User बिद्युतीय माध्यमको दुरुपयोग गरेको खुलेको थियो ।

उक्त कार्यबाट बैंकलाई हानिनोक्सानी पुर्‍याउने उद्देश्यले काठमाडौं बैंकिङ अफिस र डिल्लीबजार शाखामा रहेका हिसाब अनधिकृत रुपमा खर्च गरी रु. ५४ लाख ८४ हजार आफ्ना विभिन्न खातामा जम्मा गरेको आयोगले जनाएको छ ।

निज कोइरालालाई बिगो रु. ५४ लाख ८४ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सजाय हुन तथा हानिनोक्सानी गरी खाइमासेको बिगो रकम असुल उपर गर्न विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।