२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवार समुदायले मनाए सिथि नखः पर्व



अ+ अ-

काठमाडौँ । नेवार समुदायले आज सिथि नखः पर्व मनाएका छन् ।

नेवार समुदायले आज शिथि नखः पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन् । सोही परम्पराअनुसार यस दिनलाई कुमार कार्तिकेय (शिथि द्यः) को जन्मजयन्तीको रूपमा पनि मनाइन्छ ।

सिथि नखः पर्व धार्मिक मात्र नभइ पर्यावरणीय महत्वका रुपमा लिने गरिन्छ । परापूर्वकालदेखि नै नेवाः समुदायले यस दिनलाई वातावरण दिवसको रूपमा मनाउँदै आएका छन् । आजको दिन पानीका मुहानहरू इनार, धारा, बाटो इत्यादि सरसफाइ गर्ने चलन छ ।