६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दोलखामा बाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दोलखामा बाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
अ+ अ-

दोलखा। बाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि दोलखामा सुरु भएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आज यहाँ आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका सिटौलाले सबै राजनीतिक दल र नेताहरू जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो । लोकतान्त्रिक पद्धतिमा दलहरूबीच स्वस्थ प्रतिस्पर्धा स्वाभाविक रहेको जनाउँदै उहाँले नेतृत्वमा रहेका सबै जनताप्रति पारदर्शी र जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो ।

नेता सिटौलाले दलसँगको समन्वय र सहकार्यमा संविधान संशोधन हुने बताउनुभयो । देशको अर्थतन्त्र चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सबैबीच सहयोग र सहकार्यको भावना विकसित हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालले खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा ख्याति प्राप्त गर्दै आएको उल्लेख गर्दै नेता सिटौलाले सङ्घीय सरकारले पनि खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्षमा बजेट वृद्धि गरेको जानकारी दिनुभयो ।

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले प्राथामिकताका साथ अघि बढाउँदै गएको बताउँदै आगामी आर्थिक वर्ष २०८२÷८३ मा खेलकुद क्षेत्रका लागि बजेट वृद्धि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता छिरिङ लामाले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु गरी छ विधाका खेल हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रदेशका १३ जिल्लाबाट ११३ जना खेलाडी सहभागी छन् ।

आजै नेता सिटौलाले नेपाली कांग्रेसको दोलखा भीमेश्वर नगरपालिका–६ स्थित चरिकोट बजारमा निर्माण हुन लागेको पार्टी कार्यालय भवनको शिलान्यास पनि गर्नुभयो । रासस