१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहतस्वरुप १०० बोरा चामल



अ+ अ-

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा राहतस्वरुप १०० बोरा चामल वितरण गरिएको छ । कोरोनाको महामारीसँगै दैनिकी सञ्चालनमा समस्या परेका सर्वसाधारणलाई लक्षित गरी प्रतिपरिवार २५ किलोग्रामका एक÷एक बोरा चामल राहतस्वरुप प्रदान गरिएको राहत संयोजक टेकबहादुर गुरुङले जानकारी दिए ।
    
उनका अनुसार साविक कास्कीको दाङसिङ गाविस–३ उपल्लोथरका लाम्छाने गुरुङको समन्वय एवं सहयोगमा जल्गेनी, सिबिके, खिउ, खाउने, एक्ले, सारक्यु, छेदगाउँ, दाङसिङ गाउँ, लामाखेतलगायत स्थानका बासिन्दालाई सहयोग उपलब्ध गराइएको हो ।

कोरोनाका कारण रोगले भन्दा भोकले ज्यान गुमाउने अवस्था आउन लागेको अवस्थालाई दृष्टिगत गरी अभियानमा बेलायत, अमेरिका, जर्मनी, बेल्जियम, हङकङ, कोरिया, अफगानिस्तानलगायत विभिन्न देशमा कार्यरत साथै पोखरामा बस्दै आएका दाङसिङ उपल्लोथरका लाम्छाने गुरुङको सामूहिक प्रयासमा सहयोग जुटाइएको गुरुङले बताए ।