२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडीबुटी चोरी निकासी रोक्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पाइने जडीबुटीको चोरी, पैठारी रोक्नुपर्नेमा जोड दिनुभएको छ । जडीबुटी कागजमा थोरै, ट्रकमा धेरै निर्यात हुने गरेकाले सरोकारवालाले यो विषयमा गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

आज वीरेन्द्रनगरमा आयोजित वन उपभोक्ता महासङ्घको कार्यक्रममा उहाँले सबैले जडीबुटीको राजधानी कर्णाली भनेपनि खोज्दा नपाइने बताउनुभयो । “जडीबुटीको चोरी, निकासी, पैठारीको विषयमा मभन्दा बढी तपाईँहरू नै जानकार हुनुहुन्छ”, उहाँले भन्नुभयो, “म भर्खर एक वर्षदेखि सरकारमा छु, थोरैथोरै जान्या छु । तपाईँहरु त वर्षौँदेखि सिफारिस गरिरहनुभएको छ ।”

मुख्यमन्त्री कँडेलले वन अधिकारीहरूकै संलग्नतामा जडीबुटीको चोरी, पैठारी र निकासी हुने गरेको जानकारी आएकाले सचेत हुन आग्रह गर्नुभयो । रासस