३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर भित्र रहेका ‘ए’ डिभिजन क्लबलाई १० लाखका दरले आर्थिक सहयोग



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका ६ ओटा ‘ए’ डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । 

महानगरपालिकाले सोमबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गरी उक्त रकम हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव १० लाख रुपैयाँका दरले सहयोग हस्तान्तरण गर्नुभयो । महानगरपालिकाबाट मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौं खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्याङ्दी कल्बले आर्थिक सहयोग पाएका हुन् । सहयोग हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै महनगरका प्रमुख शाक्यले खेलकुदको विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले महानगरले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा लगानी बढाउँदै जाने नीति लिएको र खेलकुदको विकासका लागि सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभयो । उहाँले महानगरभित्र रहेका ‘ए’ डिभिजनलाई १० लाख रुपैयाँ, ‘बि’ डिभिजनलाई ३ लाख रुपैयाँ र ‘सी’ डिभिजनलाई २ लाख रुपैयाँका दरले सहयोग गर्दै आएको र आगामी वर्ष देखि सहयोग रकमलाई वृद्धि गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कोभिड १९ महामारीका कारण विगतका वर्षमा जस्तै ‘ए’, ‘बि’ र ‘सी’ डिभिजनका क्लबहरुलाई एकैसाथ सहयोग गर्न नसकिएको उहाँले बताउनुभयो । पहिलो चरणमा ‘ए’ डिभिजनलाई सहयोग गरिएको र यसपछि छिट्टै नै ‘बि’ र ‘सी’ लाई पनि सहयोग उपलब्ध गराउने उहाँले बताउनुभयो । कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले महानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि गरेको सहयोगको प्रसंशा गर्नुभयो । काठमाडौं महानगरपालिकाले गत वर्ष पनि ‘ए’, ‘बि’ र ‘सी’ डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियो ।