२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार थप १८० जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । सोमबार नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । 

काठमाडौं उपत्यकामा मात्रै सोमबार ५४ जना संक्रमित थपिएका छन् । प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको छ ।

सोमबार २ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । सोमबारसम्म संक्रमुक्त भएर ६ हजार ८ सय ११ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय २१ जनाको परीक्षण भएको छ । योसँगै सोमबारसम्म पीसीआर विधिबाट २ लाख ५५ हजार ७ सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ लाख ११ हजार ७ सय २४ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनहरुमा २९ हजार २ सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ११८ जना संक्रमित उपचाररत रहेका छन् ।

मन्त्रालयले पछिल्लो समयमा आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । एकहप्ताको अवधिमा २ महिलाले आत्महत्या गर्दा फेसबुक लाइभ गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यस्ता घटनाहरुले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिको दिमागमा नकारात्मक असर पर्ने भएकाले यस्ता भिडियोहरु सेयर नगर्न उहाँले आग्रह गर्नुभयो । भिडियोहरु देखेपछि तत्काल फेसबुकलाई रिपोर्ट गर्न उहाँले आग्रह गर्नुभयो ।