१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा बजेट टेबुल



photo: rss
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)को प्रति टेबुल गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट टेबुल गर्नुभएको हो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले बजेटमाथि सामान्य छलफल गर्न र अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि यही जेठ २०, २१, २२ र २३ गतेका दिन तोकेको जानकारी दिनुभयो ।

उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन दलीय पदाधिकारीले आ¬–आफ्ना दलका सांसदको नाम बैठक बस्नु एक घण्टा अगावै उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो ।