३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल पत्रकार सम्मानित



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ४ खेल पत्रकारसहित १० पत्रकारलाई सोमबार नगदसहित सम्मान गरेको छ ।

सम्मानित हुने खेल पत्रकारमा अन्नपूर्ण पोस्टका रोशनकुमार सिंह, कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधर, नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की र पोखराका केशव पठाक रहेका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र सचिव रामप्रसाद थपलियाले उनीहरुलाई प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरे । पठाक पोखरामा भएका कार्यक्रममा उपस्थित भएनन् ।
सोही अवसरामा विभिन्न सञ्चारमाध्यमका ६ युवा पत्रकारलाई पनि प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा मन्त्री विश्वकर्माले एन्टी डोपिङ एप्स पनि सार्वजनिक गरिएको थियो ।