२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल प्लेटर्फमबाट अजय देवगनको ‘मैदान’ रिलिज हुने



अ+ अ-

मुम्बई । अजय देवगनको नयाँ फिल्म मैदान ओटीटी अर्थात् डिजिटल प्लेटर्फमबाट रिलिज हुने कुराले दंग परेका दर्शक फेरि निराश भएका छन् । यो फिल्मलाई अब सिनेमा हलमै रिलिज गर्ने भन्दै आउँदो मंसिरबाट यो फिल्मको रिलिज मिति अर्को वर्ष साउन पुर्याइएको छ । यो फिल्म अब १३ महिनापछि मात्र सिनेमा हलमा आउने भएको छ ।

फिल्म मैदान फुटबल खेलमा आधारित फिल्म हो । जसमा अजय देवगन एउटा प्रशिक्षणको भूमिकामा छन् । यो फिल्मलाई यसै वर्षको ११ डिसेम्बरमा रिलिज गर्ने लक्ष्यसहित अक्षय कुमार फिल्मको बाँकी छायांकन तयारीमा जुटेका थिए । तर, निर्माण पक्षले अबको पाँच महिनामा कोरोनाको महामारी घट्ने अवस्था नदेखेपछि एक वर्षपछि रिलिज मिति सारेको जनाएको छ । यसका निर्देशक अमित शर्माका अनुसार अजय देवगनको फिल्म मैदान अब सन् २०२१ को १३ अगस्टमा मात्र रिलिज हुने भएको छ ।

यो वर्ष गणतन्त्र दिवसमा रिलिज हुन नसकेपछि मंसिरमा सारिएको यो फिल्म फेरि अर्को गणतन्त्र दिवसमा रिलिज गर्ने तय भएको हो । यो फिल्म भारतका एक समयका फुलबलका चर्चित कोच सैयद अब्दुल रहिमको जीवनीमा आधारित छ । यो बायोपिक फिल्म भएकाले एउटा कोचको भूमिकाका लागि अजय देवगनले लामो समय प्रशिक्षण लिए । जब अरूलाई उनले फुटबल सिकाउन सक्ने भए । त्यसपछि मात्र उनले यो फिल्मको काम सुरु गरेका हुन् ।