१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



अ+ अ-

नुवाकोट । विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो।

दुर्घटनामा विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन्।

उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।

उनीहरु चढेको बा९८प ५५१६ नंको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हुँदा राति ८ः३५ बजेको समयमा सडकबाट करिब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ।