६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने-मुख्यमन्त्री कार्की



अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

कोशी प्रदेश सरकार गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर, सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले वर्तमान सरकारका साझेदार दलले गर्दा मुलुकमा राजनीतिक स्थिरता कायम भएको बताउनुभयो ।

उहाँले अहिलेको राजनीतिक प्रणालीमाथि प्रश्न आउन नदिन सरकार जनताका आवश्यकता र चाहनामा केन्द्रित रहनुपर्नेमा जोड दिनुभयो । राजनीतिक मूल्य र मान्यता एवं सैद्धान्तिक आधार गुमाएका राजसंस्था कुनै पनि हालतमा फर्केर आउन नसक्ने उहाँको भनाइ छ । सरकार रोजगारी सिर्जना गर्न, उद्यमशीलताको विकास गर्न दत्तचित भएर काम गरिरहेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री कार्कीले स्वरोजगारका निम्ति युवालाई बैंकमार्फत बिनाधितो क्रृण प्रवाह गर्ने योजना बनाएको स्पष्ट पार्दै कोशी प्रदेश सरकारले सम्पन्न गरेको लगानी सम्मेलनबाट राष्ट्रिय पुँजी निर्माण हुने, आर्थिक गतिविधि बढ्ने र रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गणतन्त्रमा नागरिकको अधिकार सुनिश्चित भई अल्पसङ्ख्यक, सीमान्तकृत वर्गको अधिकार सुरक्षित भएको उल्लेख गर्नुभयो । उहाँले संविधानप्रदत्त अधिकारलाई आम नागरिकको घरदैलोसम्म पु¥याउन प्रदेश संंरचनालाई सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उप महासचिव प्रदीप ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं संविधानसभा सदस्य हरिबोल गजुरेलले टिप्पणी गर्नुभएको थियो ।