१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट भारतमा २० हजारभन्दा बढिको मृत्यु



अ+ अ-

भारत। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट २४ घण्टामा ४६७ जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख १९ हजार ६६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार २५२ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ११ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने नौ हजार २६ जनाको मृत्यु पनि भइसकेको छ । तामिलनाडुमा पनि एक लाख १४ हजारभन्दा धेरै संक्रमित भेटिँदा एक हजार ५७१ जनाको मृत्यु भएको छ । दिल्लीमा एक लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार ११५ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म २८ हजारभन्दा बढी संक्रमित फेला पर्दा ८०९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि २२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ७७९ जनाको मृत्यु भएको छ । त्यस्तै बिहारमा १२ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ९७ जनाको मृत्यु भएको छ ।