१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

नेकपा संकटमा ‘आइसब्रेक’ !

नेकपा संकटमा ‘आइसब्रेक’ !
अ अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति गरेसँगै नेकपा संकट ‘आइसब्रेक’को चरणमा पुगेको हो ।

ओली र दाहालबीच विगत केही दिनयता गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको छ ।
‘हिजो दुई दलबीचको एकता पनि दुई अध्यक्षकै योजना र त्यागका आधारमा भएको थियो र आज देखिएको समस्या पनि दुई अध्यक्षले नै समाधान गर्ने गरी सहमति खोज्ने निर्णय भएको छ,’ नेकपा स्रोतले भन्यो ।

बालुवाटार स्रोतका अनुसार दुवै अध्यक्षले छलफल गर्दै नेकपा जारी स्थायी कमिटीबाटै विवाद समाधान गर्ने निष्कर्षमा पुगेका छन् । बुधबार स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वयबीच पुनः ‘वान टु वान’ छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयका बीचमा भएको छलफल निकै सकारात्मक रहेको अध्यक्षद्वयको सचिवालयको निष्कर्ष छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच भएको छलफल सकारात्मक रहेको र यसलाई जारी राख्ने सहमति भएको छ । छलफलपछि दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किएकाले अब नेकपा संकट सहजै टरेर जाने विश्वास नेताहरुले गरेका छन् ।

‘अहिले नै कुनै सहमति भइसकेको छैन तर छलफल सकारात्मक रहेको छ,’ सापकोटाले भने, ‘आज (बुधबार) स्थायी कमिटीको बैठक बस्नुभन्दा अघि दुई अध्यक्ष पुनः बस्ने समझदारी भएको छ ।’

नेकपा जारी स्थायी कमिटी बैठक स्थगित गरेर ओली र दाहालबीच छलफल भएको हो । सोमबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि बैठक बुधबार बस्ने गरी स्थगित गरेर ओली र दाहालबीच निरन्तर छलफल चलिरहेको छ ।

नेकपा जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् । तर, यी दुवै पदबाट राजीनामा नदिने अडानमा ओली रहेका छन् । यही अडानका बीच नेकपामा शक्तिसंघर्ष सुरु हुनुका साथै पार्टी फुटको संघारमा पुगेको थियो तर पछिल्ला दिनमा अध्यक्षद्वयले सघन छलफल गरी सहमति खोज्दै पार्टीलाई फुटको संघारबाट जोगाउने लक्ष्यमा अघि बढेका हुन् ।

पार्टी एकता जोगाउन युवा नेताहरुले दबाब दिइरहेका छन् । दोस्रो तहका नेताका साथ युवा नेताहरुले शीर्ष नेतलाई पार्टी फुट्नबाट जोगाउनुपर्ने भन्दै आन्तरिक रूपमा दबाब दिइरहेका हुन् ।

यसैबीच पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यसहित केही कार्यकर्ताले पार्टी फुटलाई जोगाउन माग गर्दै सांकेतिक रूपमा सुरु गरेको धर्ना तेस्रो दिन मंगलबार समेत जारी नै राखेका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।